|

हेटौंडा : शुक्रबार देशभरको ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन हुदैछ।

शुक्रबारको निर्वाचनको लागि हुने निर्वाचनको लागि यतिबेला धमाधम मतदाता परिचयपत्र वितरण गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेको छ।

मकवानपुरमा पनि १० वटा पालिकामा स्थानीय तहको निर्वाचनको लागि तोकिएको १ सय ६५ वटा मतदान केन्द्रहरू धमाधम निर्माण भइरहेका छन्। निर्वाचनको लागि अन्तिम तयारीको रुपमा मतदान केन्द्र निर्माण भइरहेको हो। निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूलाई मतदान केन्द्र बनाउन भ्याईनभ्याई छ।

म्यादी प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचनमा खटिएका कर्मचारीहरू मतदान केन्द्र तोकिएको स्थानमा शुक्रबारको लागि मतदान गर्ने आवश्यक तयारी गरिरहेका हुन्। जिल्लाका कुल मतदान केन्द्रमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको छ।

मकवानपुरको राक्सिराङ, कैलाश, बागमती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशील क्षेत्रको सुचीमा राखिएको छ। यसपटकको निर्वाचनमा एउटा निर्वाचन स्थल थपिएको भएको छ। जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन्।

निर्वाचनका लागि तीन हजार दुईसय सुरक्षाकर्मी परिचालन गरिएको छ। मकवानपुरमा स्थानीय तहको निर्वाचनमा मत हाल्ने दुई लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका छन्।

जसमध्ये एक लाख ४९ जना पुरुष , एक लाख ४४ हजार नौ सय ५९ जना महिला तथा ६ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.