|

काठमाडौं : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा भाग लिन मतदान केन्द्रमा उपस्थिति नहुने भएका छन्।  जोशीको स्वास्थ्य अवस्थाका कारण भोट दिन नसक्ने उनको पारिवारिक स्रोतले थाहाखबरलाई जानकारी दिएको छ। 

जाेशी ललितपुर महानगरपालिकावासी हुन्। ‘यस पटक भोट नदिने भन्नुभएको छ,त्यसैले भोलि उहाँ भोट दिनुहुन्न,’पारिवारिक स्रोतले भन्यो। शुक्रबार देशभरको ७ सय ५३ स्थानीय तहको निर्वाचन एकै चरणमा हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.