|
मतगणना स्थल

काठमाडौं : काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभा गृहमा हुने भएको छ। 

अपराह्न ५ बजे मतदान सकिएपछि मतपेटिका राष्ट्रिय सभागृहमा लगिनेछ। सबै मतपेटिका पुगिसकेपछि सर्वदलीय बैठक बस्नेछ। त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ। 

जिल्लामा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार एक पटकमा ५ वटा वडाको गणना गर्ने व्यवस्था मिलाइएको छ। मतगणना परिणाम सार्वजनिक गर्न महानगरपालिकाले राष्ट्रिय सभागृहको प्रवेशद्वारमा डिजिटल बोर्ड राखिएको छ। 

खतिवडाका अनुसार काठमाडौंका अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा गणना हुनेछ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाका सबै पालिकाका मतगणना स्थलमा जाली लगाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.