|

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न आग्रह  गरेका छन्।

शुक्रवार क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्दै सेवकलाई छानेर भोट हाल्न मतदाताहरूसँग आग्रह गरेका हुन्।

नेता सिंहले अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौति रहेकोले मतदाताहरूले रोजेर आफूलाई योग्य लागेका व्यक्तिलाई मत दिएर जिताउनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए।

नेता सिंहले भने, ‘शासकभन्दा सेवकलाई छानेर घोट गर्नुहुनेछ भन्ने विश्वास छ। काठमाडौं महानगरपालिकाको समस्यालाई सम्बोधन गर्नको लागि नयाँ टिमले काम गर्नेछ। राजनीतिक स्थिरता कुन पार्टीलाई दिँदा हुन्छ भन्ने हिसावले भोट हाल्न मतदातालाई आग्रह गर्दछु।’

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह उम्मेदवार रहेकी छिन्। स्थानीय तहको निर्वाचन आज देशभर ७५० वटा स्थानीय तहमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.