|

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान सकिएको छ। मतदान सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ भने ल्याउने क्रम जारी छ।

अहिले सभागृहमा मतपेटिका लामबद्ध रुपमा राखिएको छ। 

काठमाडौं महानगरपालिकाको मत गणना आज ८ बजे शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका पनि संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.