|

रुकुम (पूर्व) : तीन वटा गाउँपालिका मात्र रहेको यस जिल्लामा ३५ मतदान स्थल र ४९ मतदान केन्द्र कायम गरिएको थियो। जसमा जिल्लाभरका मतदाताको संख्या ३३ हजार ५ सय १८ रहेको थियो।

जस अनुसार भूमे गाउँपालिकामा ६७ दशमलव ९२ प्रतिशत मत खसेको छ। आज शुक्रबार देशैभर भएको २०७९ स्थानीय तह निर्वाचनमा भूमे गाउँपालिकामा ६७ दशमलव ९२ प्रतिशत मत खसेको हो।

९ वटा वडा रहेको भूमेमा कुल मतदाता संख्या ११ हजार ३ सय ५२ रहेकोमा ७ हजार ७ सय १० मत खसेको निर्वाचन अधिकृत विमल प्रसाद बरालले जानकारी दिए। प्रतिशतमा ६७ दशमलव ९२ हुन आएको बरालले बताए। भूमेमा ९ मतदान स्थल र १५ मतदान केन्द्र कायम गरिएको थियो।

यसैगरी पुथाउरगंगा गाउँपालिकामा मतदान स्थल १५ र मतदान केन्द्र १९ कायम गरिएको थियो। जसमा १४ वटा वडा रहेको पुथाउत्तरगंगामा कुल मतदाता संख्या ११ हजार २ सय ५३ रहेकोमा ८ हजार ३ सय ६८ मत खसेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए। जसमा ७४ दशमलव ३६ प्रतिशत मत खसेको ओलीले बताए।

यस्तै, सिस्ने गाउँपालिकामा मतदान स्थल ११ र मतदान केन्द्र १५ कायम तोकिएको थियो। जसमा ८ वटा वडा रहेको सिस्नेमा कुल मतदाता संख्या १० हजार ९ सय १३ रहेकोमा ८ हजार ६६ मत खसेको ओलीले बताए। प्रतिशतमा ७३ दशमलव ९१ मत खसेको छ। विभिन्न वडाबाट मतपेटिका आउने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.