|

सर्लाही : देशमै सबैभन्दा बढी २० वटा स्थानीय तह भएको सर्लाहीमा स्थानीय तह निर्वाचन अन्तर्गत ११ वटा पालिकामा मतगणना सुरु भएको छ। मलंगवा, हरिवन, लालबन्दी, हरिपुर, हरिपुर्वा र बलरा नगरपालिका तथा पर्सा, ब्रम्हपुरी, चन्द्रनगर, रामनगर र धनकौल गाउँपालिकामा मतगणना सुरु भएको हो।

बाँकी ८ वटा पालिकामा भने मतगणनाका लागि सर्बदलीय छलफल भईरहेको छ । बरहथवा नगरपालिकाको हकमा भने अन्यौल छ । वडा नम्बर १७ मा शुक्रबार भएको मतदानलाई मात्र गणना गर्ने कि पुनः मतदान गराउने भन्नेमा अन्यौलता देखिएको हो।

त्यहाँको बारेमा निर्वाचन आयोगले केहीबेर पछि निर्णय गर्ने जिल्ला निर्वाचन कार्यालय मलंगवाका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिए । हरिवनमा राती ३ बजेदेखि नै गणना सुरु भएको हो भने अन्य पालिकामा शनिबार बिहानदेखि गणना सुरु भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.