|

दैलेख : दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका उम्मेदवार डम्मर बहादुर कार्कीले ७०५ मत प्राप्त गर्दै विजयी भएका भैरवीका निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए।

भैरवी १ मा नेपाली काँग्रेसका हिक्मत बहादुर थापाले ४५८, माओवादी केन्द्रका मान बहादुर थापाले १० मत प्राप्त गर्दै पराजित भएका जनाइएको छ।

यस्तै भैरवी गाउँपालिकामा एमालेका अग्रता कायम रहेको छ। एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सर्वराज महतराले ८५५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। काँग्रेसका उम्मेदवार रिता शाहिले ३७५ मत प्राप्त गरेको जनाइएको छ।

त्यस्तै उपप्रमुखमा पनि एमालेका उम्मेदवार पदम कुमारी विष्टको अग्रता कायम रहेको छ। विष्टले ६९७ मत प्राप्त गर्दै अग्रता काएम गरेकी छन् भने काँग्रेसका देवी भण्डारीले ३७५ र माओवादी केन्द्रका ऐनबहादुर कठायतले ३९ मत प्राप्त गरेका निर्वाचन अधिकृत भारतीले बताए। दैलेखको भैरवी गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.