|

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा (एमाले) कमजोर देखिएको छ। २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो।

पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गढ मानिन्छ। यो पटक भने धरानमा एमालेभन्दा स्वतन्त्र उम्मेदवार बलिएमा देखिएका छन्। हाल धरान उपमहानगरपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाको मतगणना जारी रहेको छ। अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ।

ताजा अपडेट अनुसार धरानको मेयर पदमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राईले ७७३ मत ल्याएर अगाडि रहेका छन्। उनलाई स्वतन्त्र रूपमा धरानको मेयरमा उमेदवारी दिएका हर्क साङपाङले टक्कर दिइरहेका छन्। स्वतन्त्र उमेदवार साङपाङले ६०३ मत ल्याएका छन्।

काँग्रेसका राई १६० मतले अगाडि छन्। यता एमाले भने तेस्रो स्थानमा पुगेको छ। एमालेकी मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ४०८ मत मात्रै पाएकी छिन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेश शाक्यले ९२ मत पाएका छन्।

उपमेयरमा पनि गठबन्धन बलियो देखिएको छ। गठबन्धनका तर्फबाट माओवादीका उपमेयर पदका उम्मेदवार आइन्द्रविक्रम बेघाले ८५६ मत ल्याएका छन्। उनलाई एमालेका पदम इस्बो लिम्बुले ४६७ मतका साथ पछ्याइरहेका छन्। यता राप्रपाबाट उपमेयर पदकी उमेदवार पूर्णमाया राईको १३९ मत पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.