|

काठमाडाैं : यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ।

स्थगन भएकामध्ये १० मतदान स्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदान स्थलमा निर्णय हुन बाँकी छ। तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो।

निर्वाचन आयोगका अनुसार जेठ १ गते निर्वाचन हुने मतदान स्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविको २ केन्द्र, कालिकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालिकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ।

जेठ २ गते निर्वाचन हुने मतदान स्थलमा धनकुटाको शहीद भूमि गाउँपालिकाको ठाकुर देवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाङको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन्।

जेठ ३ गते निर्वाचन हुने मतदान स्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.