|

झापा : झापा गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षसहित नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ।

नेकपा एमालेका माधव पोखरेललाई १८४ मतान्तरले पराजित गर्दै काँग्रेसका राजकुमार यादव निर्वाचित भएका हुन्। यादव दोस्रो कार्यकालका लागि वडा अध्यक्ष बनेका हुन्। यादवले ८१७ र पोखरेलले ६३३ मत ल्याएका छन्। त्यस्तै काँग्रेसबाट खुल्ला सदस्यमा रुपलाल गणेश ७६३, राम लिम्बू ८९२, महिला सदस्यमा अस्मेरु खातुन ८४६ र दलित महिला सदस्यमा हरिमाया विक ६६८ मत ल्याएर निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.