|

धनकुटा :  धनकुटा नगरपालिका २ मा एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षका उम्मेदवार चन्द्रलाल तामाङ प्यानल सहित विजयी भएका छन्। तामाङ निवर्तमान वडाध्यक्ष हुन्। तामाङ ले ९०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजकुमार राईले ७०३ मत ल्याएका छन्। तामाङ २०७४ को निर्वाचनमा ८२२ मत ल्याएर विजयी भएका थिए।

वडा- २ बाट नगरपालिका प्रमुखमा पालिका नेकपा एमालेका चिन्तन तामाङले एक हजार ६५, गठबन्धनका उम्मेदवार कांग्रेसका दिनेश राईले ६९५ मत पाएका छन्। उपाध्यक्षमा एमालेकी भीमा खनालले ९३६, गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गणेश विष्टले ५८३ मत पाएकी छन्।

वडा- १ र ३ को मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.