|

माई नगरपालिका–९ मा एमालेको प्यानल विजयी

इलाम :  माई नगरपालिका–९ मा नेकपा एमालेका लीला कुमार राईको प्यानल विजयी भएका छन्। राईले ७५४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सोम बहादुर लिम्बुले ४०२ मत प्राप्त गरेका थिए।

सदस्यद्वयमा विनोद साउदेन ७२१ र गणेश तामाङ ६८७ मत ल्याउदै विजयी बनेका छन्। निकटतम प्रतिस्पर्धी नेकाका धनबहादुर कटुवालले ३८४ र माओवादी केन्द्रका राजु लोक्तामले ३०२ मत प्राप्त गरेका छन्। महिला सदस्यमा सोनिया लिम्बु ७३८ र दलित महिला सदस्यमा कल्पना विश्वकर्मा ७३८ नै मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनीहरूका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृता एक्तेन ३६२ र कमला दर्जीले ३५१ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.