|

धरान : सुनसरीको इटहरी उपमहानगरपालिकाका ७ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ। हिजो दिउँसो १२:४५ बजेदेखि इटहरीको वडा नम्बर १ र २० बाट मतगणना शुरु भएको थियो।

अहिले इटहरीका यी दुई वडासँगै वडा नम्बर २ र १९ को पनि मतगणना जारी छ। अहिलेसम्मको अपडेटअनुसार इटहरीको वडा नम्बर १ को १ नम्बर वडा कार्यालय, ‘क’ र ‘ख’ केन्द्रको मतगणना सकिएको छ।

यस्तै वडा २ को शान्ति आधारभूत माध्यमिक विद्यालय, शान्तिनगर ‘क’, र ‘ख’ केन्द्रको मतगणना सम्पन्न भएको छ। यता वडा नम्बर २० को जनसहयोग माध्यमिक विद्यालय, तरहराको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ केन्द्रको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालय इटहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.