|

हेटौंडा : एमालेको लालकिल्लाको रुपमा रहदै आएको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। एमालेसँगै गठबन्धनको उम्मेदवार मीना लामाको अग्रतालाई समेत तोड्दै राप्रपाले अग्रता लिएको हो। 

हाल हेटौंडा–२, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ। १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने विजयी भइसकेका छन्। ८ हजार ८ सय ३६ मत गणना हुँदा राप्रपाको मेयर उम्मेदवार दिपक बहादुर सिंह ३१ मतले अघि लागेका छन्। 

ताजा मत परिणाम अनुसार हेटौंडामा राप्रपा उम्मेदवार सिंहले २ हजार ७ सय १० मत प्राप्त गठबन्धन उम्मेदवार नेकपा एकीकृत समाजवादीकी लामाले २ हजार ६ सय ६८ र नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४ सय ३४ मत पाएका छन्।

उपमेयरमा भने गठबन्धनबाट कांग्रेस  राजेश बानियाँले ३ हजार ९ सय ८२ मत ल्याएर अग्रता कायमै राखेका छन्। एमाले उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार १६ मत ल्याउँदा राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपाने ८०३ मत ल्याएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.