|

सुर्खेत : रुकुम पश्चिमका ६ स्थानीय तहमध्ये ४ स्थानीय तहको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र २ स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ।

पछिल्लाे मतगणनाअनुसार रुकुम पश्चिमको मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ। त्यस्तै, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारको मत अग्रता रहेको छ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ भने अन्य स्थानीय तहमा माओवादी एक्लै चुनावी मैदानमा छ। रुकुम पश्चिमको बाँफिकोट र त्रिवेणी बाहेक अन्य स्थानीय तहमा एमाले कांग्रेसको गठबन्धन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.