|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन्। प्रमुख थपलियाले ८ हजार ३४ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत ल्याएका छन्।

घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए। उपप्रमुखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन्। उपप्रमुख बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याएर विजयी भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट  माओवादी केन्द्रका दिब्यराज बरालले ५ हजार १ सय ४७ मत ल्याएका छन्। खाँदबारीमा वडा १, ७, ८, ११ कांग्रेसले जितेको छ। वडा २, ३, ४, ५, ९ र १० नेकपा एमाले जितेको छ। वडा नम्बर ६ मा माओवादीले जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.