|

धनगढी :  डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

ट्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो। र्‍यालीमा सहभागी भएका नेता, कार्यकर्ताहरू घाइते भएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.