|

काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी रहेको छ।

हालसम्म २ सय ३६ स्थानीय तह निर्वाचनको मत परिणाम आइसकेको छ। जसअनुसार  नेपाली कांग्रेस सबै भन्दा अगाडि रहेको छ। कांग्रेसले हालसम्म १ सय ७ पालिकामा जितिसकेको छ।

कांग्रेस १ सय ९६ स्थानमा अगाडि रहेको छ। एमालेले ६३ स्थानमा जित हासिल गरेको छ भने उ १ सय ३७ ठाउँमा अगाडि छ। यस्तै माओवादी केन्द्रले ५३ पालिकाको प्रमुखमा जित हासिल गर्दा ६३ ठाउँमा अगाडि छ।

यस्तै नेकपा एकीकृत समाजवादीले ४ स्थानमा जित हासिल गरेको छ। जनमोर्चाले २ ठाउँमा जितेको छ। यस्तै नेपाल मजदुर किसान पार्टीले १ ठाउँमा जित हासिल गर्दा  जनता समाजवादी पार्टीले पनि एक ठाउँमा जितेको छ।  यस्तै चार जना स्वतन्त्र उम्मेदवारले जितेका छन्। 

६ महानगर र ११ उपमहानगरको अहिलेसम्म एउटाको पनि मतगणना सकिएको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.