|

सल्यान : सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो। मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी मनोज प्रधानलाई १ हजार १ सय ९० मतको अन्तरले पराजित गरेका हन्।

प्रधानले ४ हजार ९ सय ३७ मत ल्याएका छन्। २०७४ को स्थानीय चुनावमा प्रधान राप्रपाबाट उठेका थिए। यस्तै,उप मेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर निर्वाचित भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले ४ हजार ५ सय ९५ मत ल्याएका छन्। १५ वडा रहेको नगरपालिकामा वडा-१,२,३,५,६,८,११,१४ मा कांग्रेस विजयी भएको छ भने, वडा-४,१०,१२,१३, र १५ मा एमाले निर्वाचित भएका छ। माओवादी केन्द्रले वडा ७ र एकीकृत समाजवादीले वडा ९ जितेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.