|

लमजुङ : लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

एमालेका गुमानसिंह अर्यालले सत्तागठबन्धनका उम्मेदवार श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराउँदै पुनः मेयरमा विजयी भएका हुन्। त्यस्तै, उपप्रमुखमा पद्मा गुरुङ निर्वाचित भएकी छन्।

११ वटा वडाहरुमध्ये एमालेबाट–१ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, ७ मा ऋषि बस्नेत, ८ मा पवित्रा थापा राना, १० मा गंगाबहादुर थापा र  ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा विजयी भएका छन्। ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापाले वडाध्यक्षमा जितेका छन्।

सत्ता गठबन्धनबाट कांग्रेसतर्फ ४ मा गमबहादुर गुरुङ र  ९ मा खुसीजंग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट ३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.