|

सर्लाही :हरिपूर्वा नगरपालिकाको प्रमुख र उप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।  कांग्रेसका विनोदकुमार साह तेली पाँच हजार ९९ मतसहित नगरप्रमुखमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका योगनारायण रायले तीन हजार ४९५ मत मात्रै प्राप्त गरे।

त्यस्तै, उपाध्यक्षमा ४ हजार ३९१ मत ल्याएर सुमित्रादेवी ग्वारनी निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी जसपाकी सुनितादेवी यादवले तीन हजार ४०० मत  प्राप्त गरिन्।

२०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख मात्र जितेको कांग्रेसले यो पटक ३ वटा वडाध्यक्ष समेत जितेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.