|

पर्वत : पर्वतमा भएको सवारी दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार बागलुङको काठेखोला गाउँपालिका–४ तङग्रामका ३१ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो। दुर्घटना लगत्तै उद्धार गरेर उपचारका लागि पर्वत अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

बुधबार साँझ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै टाटा सुमो र बस ठक्कर खाँदा १३ जना घाइते भएका थिए। बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको थियो।

जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ। केही घाइतेलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। घाइते सबैलाई उपचारका लागि पर्वत अस्पतालमा लगिएकोमा अवस्था गम्भीर रहेकोले पोखरा पठाइसकिएको र अन्य घाइतेको पनि परीक्षण र उपचार चलिरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.