|

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

आज सम्पन्न  मतगणनामा नेपाली कांग्रेसका विनोद चालिसेलाई हराउँदै एमालेका मिठाराम अधिकारी मेयरमा निर्वाचित भएका हुन्। उपमेयरमा पनि एमालेकी अनिता लामा निर्वाचित भएकी छन्।

मेयरमा निर्वाचित अधिकारी १४ हजार २५० मतका साथ विजयी हुँदा कांग्रेसका चालिसेले ११ हजार ५ सय १२ मत ल्याएका छन्।

एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले २ हजार २ सय २२ र स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३ सय ८ मत पाएका छन्। यस्तै राप्रपाका निना भेटवालले १ हजार ३९ मत र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६५९ मत प्राप्त गरे।

उपमेयरमा निर्वाचित एमालेकी लामाले १४ हजार ३१४ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२ मत पाइन्। राप्रपाकी चम्पादेवी अधिकारीले १ हजार ३ सय १२ र माओवादी केन्द्रकी कमला गौतमले ८ सय २७ मत आफ्नो पक्षमा पारिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.