|

पर्वत : पोखरा महानगरपालिकामा एमालेबाट प्रमुख पदको उम्मेदवार रहेका कृष्ण थापालाई भन्दा उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई मतदाताले बढी विश्वास गरेको देखिएको छ।

प्रदेश सांसदबाट राजीनामा दिएर महानगरपालिकाको प्रमुख बन्न आएका कृष्ण थापालाई भन्दा दोस्रो पटक पनि उपप्रमुख हुने गरी चुनावी मैदानमा रहेकी एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङलाई बढी मत आएकाे छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको ४१ हजार ४२३ मतपत्रको परिणाम हेर्दा प्रमुखमा लडेका थापालाई भन्दा उपप्रमुख  उम्मेदवार रहेकी गुरुङलाई २ हजार १३१ मत बढी आएकाे छ।

थापाले १५ हजार २१० मत प्राप्त गर्दा गुरुङले भने १७ हजार ३४१ मत बढी पाएकी हुन्। नेकपा एमालेले कृष्ण थापा भन्दा अगाडि दीपक पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख पदका लागि टिकट दिएको थियो।

त्यो बेलामा गुरुङले उपप्रमुख पदमा उम्मेदवारी दिन आनाकानी गरिरहेको अवस्था थियो। तर थापाले टिकट पाएसँगै उपमेयर स्वीकार गरेकी गरेकी गुरुङलाई नै थापाको भन्दा बढी मत आएको छ। पोखरामा तमु (गुरुङ) जातिको पनि बाक्लो बसोबास रहनु, अघिल्लो कार्यकालमा विवादरहित तरिकाले काम गर्नु लगायतका कारण पनि उनले बढी मत पाएको हुन सक्ने एमालेका नेताहरू बताउँछन्।

उपप्रमुख पदमा उनीसँगै प्रतिस्पर्धामा रहेकी गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई १७ हजार ४४३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जना कुमारी सेन पौडेललाई १ हजार ४७२ मत र विवेकशील साझाका माधव पौडेललाई ७८ मत आएकाे छ।

तर गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट उपप्रमुखको होडमा रहेकी कोपिला रानाभाटले गुरुङलाई १०२ मतले मात्रै पछाडि पारेकी छिन्। उनीहरूबीच बुधवार बिहान ४१० मतको अन्तर रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.