|

अर्घाखाँची :शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ। गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वसन्तकुमार श्रेष्ठ नौ हजार ८९२ मत ल्याएर पराजित भएका हुन्।

यस्तै उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का टीकाबहादुर रेग्मी आठ हजार ५७ मत प्राप्त गरेर पराजित भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.