|

काठमाडौं : बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा (एमाले)का हिमान्सु यादवलाई पछि पार्दै छ हजार ६५३ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत वासुदेव शर्माले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी यादवले चार हजार ७९५ मत पाउँदा जसपाका राजीवकुमार कुर्मीले दुई हजार ९३८ मत पाएका थिए। 

उपाध्यक्षमा नेपाली कांग्रेसका रामप्यारी यादवले एमालेका भूमिसरा धिताललाई पछि पार्दै छ हजार ९०९ मत ल्याएर निर्वाचित भएकी छन। धितालले तीन हजार ४५६ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का रक्षाराम कुर्मीले  दुई हजार २२९ मत ल्याएका थिए।

छ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले तीन, जसपाले दुई र माओवादी केन्द्रले एक वडामा जितेको थियो।

कूल २२ हजार ८२९ मतदाता रहेको उक्त गाउँपालिकामा १८ हजार ५४३ मत खसेको थियो। खसेका मतमध्ये ७०५ बदर भएको थियो। अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित चार पालिकाको मत परिणाम सार्वजनिक भएको छ। अझै तीन पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.