|

सर्लाही : ईश्वरपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार फराकिलो मतान्तर सहित विजयी भएका छन्।

मेयरमा ८ हजार ४८० मत सहित कांग्रेसका मनोज कुमार आचार्य विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९६० मत मात्र प्राप्त गरे।

त्यस्तै उपमेयरमा कांग्रेसकी रंजिता देवी चौधरी विजयी भएकी छिन्। ८ हजार २६८ मत सहित रंजिता विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी एकावती देवी चौधरीले ६ हजार ३५३ मत मात्र ल्याइन्।

यो सहित कांग्रेसले सर्लाहीका १२ पालिका आफ्नो पोल्टामा पारेको छ। २० वटा पालिका मध्ये अब बरहथवा नगरपालिकाको मात्र अन्तिम मत परिणाम आउन बाँकी छ।

बरहथवामा भने एमालेकी कल्पना कटुवालले अग्रता लिई रहेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.