|

विराटनगर : यतिबेला मुलुकै स्थानीय तह निर्वाचनको नतिजाको चटारोमा छ। देशैभर कति स्थानमा नतिजा आइसकेको छ भने कतिपय स्थानमा आउन बाँकी नै छ। यस्तै प्रदेश १ को राजधानी विराटनगर उद्योग तथा व्यवसायिक र राजनीतिक हिसाबले केन्द्रको रुपमा मानिन्छ।

प्रजातान्त्रिक आन्दोलन र औद्योगिक क्रान्तिको नगरको रुपमा परिचित विराटनगरमा यतिबेला समग्र नगरवासी महानगरको नेतृत्वको नतिजाको पर्खाइमा छन्।

१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा १५ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ भने बाँकी ४ वटा वडाको मतगणना जारी छ।

विजय हाँसिल गरेका कोही प्रतिनिधि र समर्थकहरु विजय जुलुस मनाई रहेका छन् भने बाँकी रहेका उम्मेदवारहरू नतिजाको पर्खाइमा छन्।

यस्तै मतगणना स्थलमा भेटिएका विराटनगर महानगरपालिका प्रमुखका तीन उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा र स्वतन्त्र उम्मेदवार रहेका उमेश यादव एकअर्कामा हाँसी मजाक गर्दै दिन कटाइरहेका छन्।

यतिबेला विराटनगर महानगर नेतृत्व प्राप्तिको अन्तिम चरणमा हुँदै गर्दा यादव कोइरालासँग ठट्टा गर्दै भन्छन्, ‘हाँस न यार, म तँलाई अविर लगाइदिन्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.