|

हेटौंडा : चितवनको भरतपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओावादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्।

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुको एमालेका उम्मेदवार विजय सुवेदीभन्दा नौ हजार ८७२ मतको अग्रता छ।

एक लाख आठ हजार ४५ मत गणना हुँदा  रेनुले ४३ हजार ४८४ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३३ हजार ६१२ मत प्राप्त गरेको छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३३० मत पाएका छन्। 

उपप्रमुखमा कांग्रेसका  चित्रसेन अधिकारी ४४ हजार ८२८ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २६ हजार ६१५ मत पाएकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.