|

दाङ : दाङमा प्रहरीले इटालाई सुन भनी झुक्याउने ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका ६ खांग्राना बस्ने २६ वर्षीय राज कुमार बूढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्चुला ब्यास गाउँपालिका २ बस्ने २३ वर्षीय सुरेन्द्र सिंह धामी, सल्यान शारदा नगरपालिका १ की ४९ वर्षीय सावित्रा बुढाथोकी र सल्यान कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बूढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

आइतबार राति करिब ९ बजेतिर तुलसीपुरमा रहेको एकान्त होटलमा स्थानीयहरुलाई अवैध सुन बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट प्रहरी निरीक्षक सन्दिप बेल्बासे नेतृत्वको प्रहरी टोलीले उनीहरूलाई २ वटा पक्की इटा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार प्रहरीले होटलको १०४ नम्बर कोठा खानतलासी गर्दा झोलामा लुकाएर राखेको अवस्थामा इटा फेला परेको थियो। उनीहरूले सुन जस्तै वस्तुको स्याम्पल झोलामा रहेको इटाहरूलाई सुन भनी पैसा दिएर भाग्न खोज्दा पक्राउ परेका हुन्। त्यस्तै प्रहरीले सुन जस्तै देखिने ५२ मिलिग्राम रहेको पहेँलो  धातुको  एक टुक्रा पनि बरामद गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.