|

काठमाडौं :  चितवनको भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जित पक्का भएको छ।

अब २ हजार मत गन्न बाँकी हुँदा दाहालले ५१ हजार १ सय १२ मत प्राप्त गरेकी छ। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन्।  

काठमाडौ महानगरपालिकामा अब ४४ हजार मत गन्न बाँकी छ।  प्राप्त पछिल्लो विवरण अनुसार प्रमुख  पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४८ हजार ९ सय २२ मत पाएका छन्। दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार २५ र एमालेका केशव स्थापितले २९ हजार १ सय ५९ मत पाएका छन्।

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहको जित पक्का भएको छ। मतगणना अन्तिम चरणमा पुगेको र केहीबेरमा अन्तिम नतिजा सार्वजनिक हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ। 

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक छन् भने ललितपुर महानगरपालिकामा प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकार भन्दा झण्डै दोब्बर मतले अगाडि रहेका कांग्रेसका चिरिबाबु महर्जन जित नजिक छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.