|

बर्दिया : राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। नगरप्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएका हुन्।
    

थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले नौ हजार ७६० मत ल्याए। 

यस्तै उपप्रमुखमा विजयी भएकी चौधरीले १० हजार ८६ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी यशोदा थारूले १० हजार ४५ मत गरिन्। एमालेका सावित्री शर्मा बख्रेलले पाँच हजार ४२२ मत ल्याए।

 वडा नं. १ मा कांग्रेसका बाबुराम चौधरी २ मा कांग्रेसकै रामचन्द्र चौधरी, र ३ मा माओवादी केन्द्रका प्रसादु थारू वडाध्यक्ष निर्वाचित भए। ४ मा माओवादी केन्द्रकै विदुर पोखरेल, ५ मा स्वतन्त्रबाट रमेश चौधरी र ६ मा माओवादी केन्द्रका असराज न्यौपाने वडाध्यक्षमा विजयी हुनुभएको छ ।
 
त्यसैगरी  ७ मा एमालेका रामु थारू, ८ मा माओवादी केन्द्रका राजेश थारू, ९ मा कांग्रेसका विष्णुप्रसाद थारू र १० मा माओवादी केन्द्रका शिवलाल थारू अध्यक्षमा विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.