|

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन्। बुधबार एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन्।

उनले एमालेले ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।

ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको वास्तविकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेकाे प्रमुख सचेतक विशाल भट्टराईले बताए। नीति तथा कार्यक्रम सतही भएको र नीतिमा भन्दापनि कार्यक्रममा आधारित भएको ओलीको विश्लेषण छ।

संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै अमेरिकी उप विदेश मन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको भन्दै त्यस्तो गर्नु बेठीक भएको बताए। उप विदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको उनकाे भनाई छ।

ओलीले सरकारको नीति तथा कार्यक्रम माथि व्यवस्थित, तर्कयुक्त र वस्तुसम्मत तरिकाले चीरफार गर्दै संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन समेत दिएकाे प्रमुख सचेतक भट्टराईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.