|

काठमाडौं : लामो समयदेखि खानेपानीको मुद्दालाई उठाउँदै धरान उपमहानगरको मेयरमा निर्वाचित हर्क साम्पाङ पदभार ग्रहण गरेलगत्तै फिल्डमा खटिएका छन्। 

उनी धरानमा देखिएको खानेपानी संकट समाधानका लागि जुटेका हुन्। उनले बुधबार सर्दु जलाधार क्षेत्रको मुहानमा पुगेर अवलोकन गर्नुका साथै कमजोरी सच्याउन र फोहोर नगर्न निर्देशन दिएका छन्। 

‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहर गर्न नदिने निर्देशन दिइयो’, उनले फेसबुक पेजमा तस्विरसहित पोष्ट गरेका छन्। 

दलका उम्मेदवारलाई पाखा लगाउँदा अप्रत्यासित जित निकालेका मेयर साम्पाङ आफ्नो पुरानो निजी मोटरसाइकल चढेर हिँडिरहेका छन्।

उपमहानगरपालिका कार्यालयले आरामदायी गाडीको व्यवस्था गरे पनि उनी आफू जनताका समस्या थाहा पाउन मोटरसाइकलमै यात्रा गरेर नगरवासीको सेवा गर्ने बताउँदै आएका छन्। उनी भन्छन्, 'करोडका गाडी चढेर हिँडेपछि सडकका खाल्डाखुल्डी देखिँदैन, त्यसैले म आफ्नै थोत्रो मोटरसाइकल चढेर हिँड्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.