|

दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन्। 

मुगुबाट  नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका ३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।

दुर्घटनामा परि ३९ जना घाइते भएका प्रहरीले जनाएको छ। ३९ जना घाइते भन्ने रिपोर्ट आएको छ, रातिको समयमा बस दुर्घटना भएकाले अझै पुरा विवरण आई नसकेको प्रहरी प्रमुख शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.