|

काठमाडौं : रुसी सेनाले युक्रेनका प्रमुख सहर कब्जा गर्ने गरी आक्रमणलाई थप तेज बनाएको छ।  

युक्रेनको रक्षा मन्त्रालयले रुसी सेनाले प्रमुख सहरहरुमाथिको आक्रमण तीव्र पारेको बताएको छ। रक्षा मन्त्रालयका प्रवक्ता अलेक्जेन्डर मोटुज्यानिकले लिमन सहरमा आक्रमणका लागि रुसी सेनाको प्रयास सफल नभए पनि आक्रमणको गति तेज पारेको बताए। 

लिमन युक्रेनको सामरिक महत्वको सहर हो। लिमन नजिक रहेको स्लोभेयन्स्क सहर युक्रेनी सेनाका लागि आवश्यक हतियार भण्डारण तथा मर्मतका लागि महत्वपूर्ण छ। यी सहरमा रुसी सैनिकको पहुँच पुगे युक्रेनका अन्य सहरलाई घेरा हाल्न सजिलो हुनेछ। 

युक्रेनी रक्षा प्रवक्ता मोटुज्यानिकले दुस्मनले आक्रामक अभियान चलाएको र लिसिचान्स्क र सेभरडोनेत्स्कलाई लुहान्स्को प्रशासनिक सीमासम्म पु¥याउने प्रयास गरिरहेको जानकारी दिए। मंगलबार डोनेत्स्कका क्षेत्रीय प्रशासन प्रमुखले ती क्षेत्रमा निकै कठिनपूर्ण अवस्था रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.