|

लुम्बिनी : सिँगारेर चिटिक्क पारिएको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको स्थानमा त्रिसंयोग दिवसका रुपमा मनाइएको छ।

विगतका वर्षहरुमा जस्तो भीडभाड नभए पनि लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको कमी छैन। पहिलो चरणको चुनावका कारण लुम्बिनीमा अहिले विगतमा जति पर्यटक आएनन्। बुद्ध जयन्तीको अवसरमा विभिन्न झाँकीसहितका र्‍याली निकालिएको छ भने मूल समारोह पनि सम्पन्न भएको छ।

मूल समारोहको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी भएका छन्। हेलिकोप्टरबाट सिधै लुम्बिनी उत्रिएका उनले लुम्बिनीको विकासमा चासो देखाउन सरकारलाई आग्रह गरेका छन्।

सोही अवसरमा विभिन्न क्षेत्रबाट लुम्बिनीको विकासमा टेवा पुर्‍याउने १० जनालाई सम्मान गरिएको छ भने कोषका कर्मचारीलाई दीर्घसेवा पदक दिइएको थियो ।   कार्यक्रममा पर्यटन सचिव, पुरातत्व विभागका प्रमुख, विभिन्न मन्त्रालयका सचिवहरु, थाई राजदूत, विभिन्न देशका भिक्षु भिक्षुणीहरु सहभागी थिए। सोही अवसरमा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.