|

काठमाडौं : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आजबाट महानगरपालिका स्वच्छ,सफा,व्यवस्थित र जीवन्त बनाउने कामको औपचारिक सुरुवात भएको बताएकी छिन्। शुक्रबार निर्वाचन मत परिणाम घोषणामा नवनिर्वाचित डंगोलले आफू गल्ती नगरीकन सबै जनप्रतिनिधि मिलेर विकासका कामलाई अगाडि बढाउने बताइन्।

उनले भनिन,‘अब उत्साहभन्दा पनि जिम्मेवारीको रूपमा लिएको छु। कर्तब्य निष्ठ भई इमान्दारीपूर्वक साच्चै असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने छु, खुट्टा तान्ने प्रवृत्ति छोड्नुपर्छ, सबैको सहकार्य रहनेछ।’

त्यस्तै,उनले महानगरपालिकालाई कान्तिपुरी नगरी बनाउने प्रतिबद्धता जाहेर गरिन्। ‘हामी महानगरबासीको आवाज भइ  बोल्ने छौँ,तपाईहरुले सोचेको जस्तै काठमाडौं बनाउने छौँ, जनप्रतिनिधिले गल्ती गर्न खोज्ला खबरदारी गर्नुहुने छ, पार्टीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु,’उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.