|

काठमाडौं : शुक्रबारदेखि बहुप्रतीक्षित नेपाली फिल्म 'कबड्डी ४' प्रदर्शनमा आएको छ। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले हलमा एकल प्रदर्शन पाएको हो। 

'कबड्डी ४' ले बिग मुभिज, बिएसआर मुभिज, वान सिनेमाज लगायतका मल्टिप्लेक्समा शतप्रतिशत शो पाएको छ भने बाँकी हलले पनि ८५ प्रतिशतभन्दा बढी शो दिएका छन्। 'कबड्डी ४' ले पाएकाे शाे नेपाली फिल्मकाे इतिहासमै सबैभन्दा धेरै शाे हाे। शो अनुसार हलमा दर्शकको चाप पनि उत्साहजनक देखिएको छ। 

फिल्मले आफ्नो लगानी एडभान्स बुकिङबाटै सुरक्षित गरिसकेको छ भने भारत, अष्ट्रेलिया, जापान लगायतका देशका लागि बिक्री भएको प्रतिलिपि अधिकारबाट पनि राम्रो आम्दानी गरिसकेको छ। पहिलो दुई दिनको एडभान्स बुकिङले 'कबड्डी ४' नेपाली बक्स अफिसमा केही नयाँ कीर्तिमान बनाउने अनुमान धेरैले गरेका छन्। 

कबड्डी हलमा आएसँगै ६ हप्तादेखि प्रदर्शनमा आइरहेको 'केजिएफ च्याप्टर २' सबै हलबाट उत्रिएको छ। त्यस्तै गत साता मात्रै प्रदर्शनमा आएको नेपाली फिल्म लाइफ इन एलए र बलिउड फिल्म धाकड पनि हलबाट उत्रिएका छन्। 

केही मल्टिप्लेक्समा ८ देखि १० प्रतिशत शोका साथ बलिउड फिल्म 'भुल भुलैया २' भने प्रदर्शन भइरहेको छ। औसत व्यापार गरिरहेको 'भुल भुलैया २' को 'कबड्डी ४' प्रदर्शनमा आएसँगै शो घटेपछि व्यापारमा पनि प्रत्यक्ष असर पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.