|

काठमाडौं : काठमाडौं महानगरमा मेयर पदमा पराजित नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले निर्वाचनमा मत जित्न नसके पनि नगरवासीको मन जित्न सफल भएको बताएकी छिन्।

सामाजिक संजालमा उनले काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकी छिन्।

'बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति म हृदयदेखि आभार प्रकट गर्दछु', उनले लेखेकी छिन्, ' विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें। अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु।'

निर्वाचित सबैलाई महानगरवासीको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत उनले गरेकी छिन्।

 सिंहले  ३८ हजार ३४१ मत प्राप्त गरेकी थिइन्। जून उनको जितको लागि पर्याप्त हुन सकेन्। बालनले निर्वाचनमा ६१ हजार ७६७ मत ल्याएका थिए। नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले  १३ हजार ७७० मत ल्याए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.