काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३८७ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्।
आज १३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १२४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा ३९ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।