|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)की नेतृ एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओली प्रश्नरहित व्यक्ति हो ? भनेर प्रश्न गरेकी छिन्।

संसद भवन परिसरमा पत्रकारहरुसँग बोल्दै झाँक्रीले अध्यक्ष ओलीका अभिव्यक्ति विरुद्ध बोल्दा एमालेले संसद अवरोध गरेको तर्फ संकेत गर्दै यस्तो बताएकी हुन्। 

‘डेमोक्रेसीमा उहाँले भनेको कुरा यो गलत हो भन्न नपाउने त होइन होला नि ! फेरि संसदका आफ्ना मर्यादाहरु पनि छन्। मर्यादा भित्र त सबै बस्नुपर्छ । तर उहाँलाई प्रश्न गर्न नहुने प्रश्नरहित व्यक्ति हो र ?' उनले भनिन्, ‘प्रश्नरहित व्यक्ति होइन। त्यसो भएको हुनाले त्यसको जवाफ अरु ढंगले पनि दिन सकिन्थ्यो। नेताहरुले लामोलामो वक्तव्य दिँदा सांसदहरुले आफ्नो विचार राख्ने काम बाँकी नै छ। त्यसैले यसरी अवरोध गर्नु राम्रो होइन ।’

बिहीबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएको कतिपय अभिव्यक्ति निराधार र झुटो रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधिसभा अवरुद्ध पारेको थियो । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.