|

बैतडी : ढुंगाले लागेर  बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने २८ वर्षीया  मैना धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।​

सिराडमा रहेको उनकाे घरबाट  वडा नम्बर ३ मा रहेको अर्को घरमा धान बोकेर गइरहेका बेला माथिबाट खसेको ढुंगाले लागेर मैनाको घटनास्थलमै मृत्यु भएको हो।

साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट ढुंगा खसेको प्रहरीले जनाएको छ।

मैनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.