|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक,परिवर्तनकारी, विकास मुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताएका छन्। 

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पु¥याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने ओलीको सन्देशमा उल्लेख छ।

‘जननिर्वाचित संविधानसभाले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आाधारित राजतन्त्रलाई अन्त्य गरेर जनताको सर्वोच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो।’ ओलीको सन्देशमा भनिएको छ,  ‘यस दिनले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित हुने ऐतिहासिक उपलब्धी हासिल गरेको थियो।’ 

यसै परिवर्तन पछि नेपालले संघ,प्रदेश र स्थानीय तहको अभ्यास गरिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ।

ओलीको शुभकामना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.