|
फाइल

काठमाडौं : पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT)  कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका छन्। 

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना  सवार विमान लेतेमा ठोक्किएको हो। 

हेलिकोप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरु खोजीमा गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर राजकुमार तामाङले बताए। मौसमका कारण समस्या भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.