|

काठमाडौं : सामूहिक बलात्कारको घटनामा काठमाडौंबाट ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं बस्ने २४ वर्षका रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई हाल काठमाडौं बस्ने रिन्जेन शेर्पा, सर्लाहीको बागमती घर भएका बौद्ध बस्ने ३४ वर्षका उत्तम लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भई बौद्ध बस्ने आङ्निमा भन्ने झ्यापा ढिल्ले शेर्पा रहेका छन्।

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङता गेष्ट हाउसमा आइतबार दिउँसो करिब २ बजे तीन जनाले २४ वर्षकी युवतीलाई पालैपालो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आङनिमा होटल सञ्चालक हुन्। उनलाई मतियारको रुपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको सूचना पाएलगत्तै प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पीडितलाई उक्त गेष्ट हाउसबाट उद्धार गरी थापाथलीस्थित प्रसूतिगृह लगी स्वास्थ्य परीक्षण तथा औषधी उपचार गरेको थियो।

बलात्कारपछि फरार रहेका उनीहरुलाई १६ घण्टाभित्रै काठमाडौंको बौद्धका फरक-फरक ठाउँबाट प्रहरीले छुट्टाछुट्टै नियन्त्रणमा लिएको हो। प्रहरीको नियन्त्रणमा रहेको उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौं बाट ५ दिनको म्याद लिई प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.