|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यसै आर्थिक वर्षमा त्रिचन्द्र कलेज लगायत त्रिविको आंगिक क्याम्पसको पुनर्निर्माण थाल्ने बताएका छन्। आव ०७९/८० को बजेट माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले मंगलबार शिक्षण सिकाई सुधार,भौतिक पूर्वाधार निर्माण र कानुनी सुधारलाई बढी मन्त्रालयले जोड दिएको बताए।

उनले भने, ‘त्रिचन्द्र कलेजलगायत आंगिक क्याम्पस यसै आर्थिक वर्षबाट बनाउन प्रक्रिया शुरु गर्नेछौँ।’ उनले भूकम्पले क्षति पुर्‍याएकाे विद्यालय पुनर्निर्माण भइरहेको बताए। 

त्रिचन्द्र कलेज वर्षौंदेखि जीर्ण बन्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै चर्को आलोचना भइरहेको छ। आज पनि नेविसंघले त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण र आवश्यक पूर्वाधार निर्माणको माग गर्दै प्रदर्शन गरेको छ। विद्यार्थीहरूले क्याम्पस अगाडिको सडकमै बसेर पढ्दै विरोध गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.