|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ३४१ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। 

आज १६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर जम्मा ९३ जना मात्र सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा २६ जना रहेका छन्। 

मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९६ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.