|

कञ्चनपुर : सुकेका रूख ढलेर हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिका–८ ले विवरण संकलन शुरु गरेको छ।

हावाहुरी र वर्षाका कारण ढल्ने सुकेका रूखले मानवीय र भौतिक क्षति वर्षेनि गर्दै आएकाले त्यसलाई न्यूनीकरण गर्न वडा कार्यालयले कार्य अगाडि बढाएको हो। 
रूखकै कारण क्षति हुने विद्यालय, सडक, सार्वजनिक भवन, निजी घर, विद्युत् लाइन लगायतका क्षेत्र यकिन गरी रूख व्यवस्थापनका लागि कार्य अगाडि बढाउने तयारी गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए।

‘सुकेका रूखका कारण हुन सक्ने जोखिमलाई मद्देजनगर गर्दै खतरायुक्त क्षेत्रको पहिचान गर्नमा जुटेका छौं’, उनले भने, ‘सुकेका रूख ढल्दा मानवीय र भौतिक क्षति हुँदै आएको छ । त्यसलाई रोक्न लागेका छौं।’

खतरायुक्त सुकेका सडेगलेका रूखको पहिचानका लागि वडाबाट सार्वजनिक सूचना समेत जारी गरिएको उनले बताए।

तत्काल हटाउनुपर्ने रूख सम्बन्धित निकायसँग समन्वय गरी हटाइने उनले बताए। ‘कानुनी प्रक्रिया पूरा गरेर मात्रै रूख हटाउँछौं’, उनले भने, ‘यसका लागि व्यवहारिक पक्षलाई समेत हेरिनु पर्छ। सुकेका सडगलेका रूखहरू नहटाउँदा ढलेर मानवीय क्षति हुन सक्ने अवस्था छ भने त्यस्ता रूखहरू सामुदायिक वनकै पदाधिकारीको रोहवरमा हटाउँछौं।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.